तोडियो परम्परा, सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल तोकिए


काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारको प्रवक्तामा शिक्षामन्त्रीमा सस्मित पोखरेल तोकिएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षामन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता तोक्ने गरिएकोमा शाह नेतृत्वको सरकारले भने त्यो परम्परा तोडेको छ ।