काठमाडौं, १३ चैत्र । मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सार्वजनिक गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको आज बसेको पहिलो बैठकमार्फत यस्तो निर्णय लिईएको हो ।
सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए । उनकाअनुसार आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिसबमोजिम गर्ने निर्णय भएको छ ।




प्रतिक्रिया