काठमाडौँ, १३ चैत । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएकी छन् ।
डंगोलले आफ्नो फेशबुकमार्फत प्रधानमन्त्री शाहलाई सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरेकी हुन् ।
उनले भनिन्, आज आम नेपाली आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीको मन जितेर तपाईँले सांसद हुँदै प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएको छ । तपाईंले प्राप्त गरेको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र मेरो व्यक्तिगत तर्फबाट पनि बधाई ।”
उनले लेखिन्, “हार्दिक बधाई तथा शुभकामना
२०८२ साल फागुन–२१ गते सम्पन्न निर्वाचनपछि दुई–तिहाई नजिकको सांसदको संख्यासहित पहिलो बनेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज देशको सम्माननीय प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । नवयुवाहरुको अभूतपूर्व आशा, भरोसा र विश्वासको गहकिलो जिम्मेवारी काँधमा बोकेर युवा उमेरका शाहले देशकै कार्यकारी नेतृत्व गर्ने गहन जिम्मेवारी प्राप्त गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा तपाईँ (आजबाट सम्माननीय प्रधानमन्त्री पदको जिम्मेवारी प्राप्त गर्नुभएका बालेन्द्र शाह) मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका काठमाडौं महानगरको मेयर पद र म उपमेयर पदमा निर्वाचित भएपछि करीब साढे तीन वर्ष सँगसँगै काम गरेका थियौं ।
आज आम नेपाली आमा–बुबा, दाजु–भाई, दिदी–बहिनीको मन जितेर तपाईँले सांसद हुँदै प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएको छ । तपाईंले प्राप्त गरेको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र मेरो व्यक्तिगत तर्फबाट पनि बधाई ।
आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ । मलाई आशा छ, राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईँको नेतृत्वको सरकारले काम गर्ने छ । तपाईँ र तपाईँको नेतृत्वको नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने छ भन्ने मैले आशा लिएको छु ।
तपाईँको कार्यकाल सफलताको शुभकामना । “




प्रतिक्रिया