काठमाडौं, चैत १४ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । जरुरी पक्राउ पुर्जी लिएर ओलीलाई पक्राउ गर्न प्रहरी गुण्डु पुगेको प्रहरीले भर्खरै निवासबाटै गिरफ्तार गरेर जिल्ला प्रहरी परिसर भ्रदकाली लगिएको छ ।उनलाई पक्राउ गर्न बाक्लो संख्यामा प्रहरी परिचाल भएपछि अहिले ओली निवास बाहिर बाक्लो संख्यामा नेता कार्यकर्ता जम्मा भएका छन्।
शुक्रबार मात्रै नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने पहिलो निर्णय गरेको थियो ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।
शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो । पूर्व गृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ ।




प्रतिक्रिया