दाउन्नेमा सडक दुर्घटना: तीन जनाको मृत्यु, १५ जना घाइते


काठमाडौं, चैत १४ । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु२ख २३५१ नम्बरको बस र ना५च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ। राति करिब १ बजे भएको उक्त दुर्घटनामा बस र ट्रक सडकबाट तल खसेका छन भने पिकअप सडक किनारमा रोकिएको छ ।

घाइते १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।