ओली-लेखकलाई प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउने, भोली अदालतमा उपस्थित गराइने


काठमाडौं, चैत १४ । आज बिहानै पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई भोली अदालतमा उपस्थित गरिने भएको छ ।

आज शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई हिरासतमा राख्दै थप अनुसन्धानका लागि अनुमति माग गर्न भोली आइतबार अदालतमा पेस गर्ने प्रहरीको तयारी छ । यस प्रक्रिया अन्तर्गत उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौंमा लगिनेछ ।

कानुनी प्रावधानअनुसार प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था छ ।