राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा उनले सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकार गलत बाटोमा हिँडेको जनाएका छन् ।
उनले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्।’




प्रतिक्रिया