काठमाडौं, चैत १४ । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री एवं नेता रमेश लेखक पक्राउबारे आज दिउँसोमात्रै धारणा बनाउने भएको छ।
आन्तरिक छलफल जारी राखेपनि कांग्रेसको औपचारिक धारणा भने दिउँसो मात्रै सार्वजनिक गर्ने भएको हो । लेखक पक्राउपछि पार्टीका शीर्ष नेताहरूबीच कसरी अगाडी बढ्ने भन्ने विषयमा परामर्षमा रहेपनि आगामी कदम र पार्टीको आधिकारिक धारणा भने दिउँसो मात्रै सार्वजनिक गरिने भएको हो ।
कांग्रेसले अहिले बिहान ११ बजे प्रतिनिधि सभाका सांसदहरूको अभिमुखीकरण कार्यक्रम तय गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी रहेको जनाइएको छ ।




प्रतिक्रिया