लेखक २ नम्बर गणमा, ओली ५०१ नम्बर बेडमा


काठमाडौं, चैत १४ । आज बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा पुर्‍याएको छ । स्वास्थ्य परीक्षणपश्चात उनलाई २ नम्बर गणमा लगिएको प्रहरी स्रोतको भनाइ छ । लेखक पक्राउ परेलगत्तै गिरफ्तारीमा परेका नेकपा (एमाले)का अध्यक्ष केपी ओली शर्मालाई भने स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमै भर्ना गरेको छ ।

आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ परेका ओली र कटुन्जेबाट पक्राउ परेका खरेललाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेर टिचिङ अस्पताल पु¥याइएको थियो । पक्राउपछि प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा थप उपचार तथा अवलोकन आवश्यक देखिएपछि ओलीलाई चिकित्सकको सल्लाहअनुसार अस्पतालमै राखिएको हो । उनलाई अस्पतालको एनेक्स वान भवनस्थित विशेष कक्षको ५०१ नम्बर बेडमा भर्ना गरिएको छ ।

पक्राउ परेका दुबै जनालाई भोली अदालतमा पेश गरिने छ । आज शनिबार भएकोले उनीहरुलाई आइतबार मात्रै अदालत पेस गर्ने प्रहरीले जनाएको छ ।