काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) निकट कानून व्यवसायीहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीको पक्राउ प्रक्रियागत रुपमा त्रुटि रहेको र पूवाग्रही रहेको भन्दै उनीहरु छलफलमा जुटेका छन् । ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ताको जिम्मेवारीमा रहेका रमेश बडालसहितका कानून व्यवसायीहरु छलफलमा जुटेका हु्न ।
उनीहरु आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर जाने बतार्ईएको छ । ओलीलाई प्रहरीले पक्राउ गरी अहिले त्रिवि शिक्षण अस्पतालमा राखेको छ । ओलीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर प्रहरीले उनलाई अस्पतालमा राखेको हो ।




प्रतिक्रिया