काठमाडौं, चैत १४ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री लेखक प्रकाउ परेसँगै राजधानी काठमाडौंको सुरक्षा सतर्कता बढाइएको छ।
विशेषगरी ओली निवास आसपासको क्षेत्र भक्तपुरमा बाक्लो संख्यामा शुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले ओलीको पक्राउ विरुद्ध देशभर आन्दोलन गर्ने, भातृ संगठनलाई सडकमा उतार्ने चेतावनी दिएसँगै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै चारवटा निर्णय गरेको हो। निर्णय अनुसार एमालेले ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक रूपमा कडा प्रतिवाद गर्नेछ। साथै, आज दिउँसो ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गरिनेछ।
त्यसैगरी, भोलि चैत १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा ठूलो प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।




प्रतिक्रिया