काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) को सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको कानूनी र राजनीतिक रुपमा दृढताका साथ प्रतिवाद गर्ने निर्णय गरेको छ । अध्यक्ष ओली पक्राउ परेपछि आज (शनिबार) आकस्मिक बसेको सचिवालय बैठक बसेर यस्तो निर्णय लिएको हो ।
महासचिव शंकर पोखरेलले बैठकले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सना र विरोध गरेको जानकारी दिए । उनकाअनुसार बैठकले ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहर गरेको र उनीहरू दुवै जनाको तत्काल रिहाइको माग गरेको छ ।
यस्ता छन् एमाले सचिवालय बैठकबाट पारित भएका पाँच प्रस्ताव






प्रतिक्रिया