काठमाडौं, १४ चैत्र । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । विभिन्न जिल्लामा कार्यकर्ताहरु प्रदर्शनमा समेत उत्रिएका छन् । तर, एमालेको सचिवालय बैठकले भने अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ । उसले सरकारको कदमको कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने घोषणा गरिसकेको छ । सँगै, अन्य दलसँग सम्वाद गर्ने पनि निर्णय लिएको छ । राजनीतिक दलहरुसँग संवादको संयोजन उपाध्यक्ष विष्णु पौडेलले गर्ने भएका छन् भने संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग भने उपाध्यक्ष रामबहादुर थापाले गर्ने भएका छन् । यस्तै, कानुनी उपचारमा जाने कुराको संयोजन भने अर्का उपाध्यक्ष गोकर्ण विष्टले गर्ने भएका छन् ।




प्रतिक्रिया