प्रधानमन्त्री बालेन शाहलाई नेविसंघ अध्यक्ष शेर्पाको चेतावी : ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस्


काठमाडौं, १४ चैत्र । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री बालेन्द्र शाहलाई राजा महेन्द्र बन्ने सपना नदेख्न चेतावनी दिएका छन् । उनले केपी ओलीले सी जिनपिङ बन्ने सपना देख्दा देशले मूल्य तिर्दातिर्दै थाकिसकेको स्मरण गराउँदै अब नयाँ प्रधानमन्त्री बालेन शाहले पनि राजा महेन्द्र बन्ने सपना देखेको भन्दै आलोचना गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले फेशबुकमा लेखेका छन्-

केपी शर्मा ओलीज्यूले ‘सि जिङपिङ’ बन्ने सपना देख्दा, देशले मूल्य तिर्दै–तिर्दै थाकिसक्यो । आशा बोक्ने काँधहरू भारी भइसके। अब बालेन्द्र शाहज्यु, ‘राजा महेन्द्र’ बन्ने सपना नदेख्नुस् , किनकि यो देश अबमहेन्द्रपथ´को तपाईँको सपनाको भारी बोक्न सक्दैन । भदौ २३ मा र २४ एउटै सिक्काका दुई पाटा हुन् । एउटा पाटो नविर्सिइयोस् ।
ओलीको सपनाको मूल्य देशले तिर्नुपर्‍यो बालेनको कथित नायकी´ सपनाले देश अभिसप्त नबनोस् । देशमहेन्द्र´ होइन यतिबेला बिपीपथ खोजिरहेको छ ।