बलात्कारको आरोपमा एमाले नेता मल्ल पक्राउ


काठमाडौं, १४ चैत्र । प्रहरीले एमालेका नेता तथा पूर्वसभासद कर्णबहादुर मल्ललाई पक्राउ गरेको छ ।

मल्ललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो ।

आज (शनिबार) जिल्ला प्रहरी परिसर ललितपुरले मल्ललाई सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध पीडित महिलाले गत फागुन ४ गते नै जाहेरी दिएकी थिईन् ।