काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सो दलका देउवा र कोइराला पक्षधर नेताहरु छलफलमा जुटेका छन् । लेखकलाई प्रहरीले आज भक्तपुरको कटुञ्जेबाट पक्राउ गरेको हो । उनलाई जेनजी आन्दोलनमा दमन गरेको फौजदारी कसुरमा पक्राउ गरिएको छ ।
सभापति गगनकुमार थापा समूहले भने अहिलेसम्म यो घटनामा कुनै प्रतिक्रिया जनाएको छैन । रत, देउवा र कोइराला पक्षधर नेताहरु भने छलफलमा जुटेका छन् । छलफलमा पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेताहरु सहभागी रहेको बताईन्छ । उनीहरुले लेखक पक्राउको विरोधमा आज निन्दा गर्दै विज्ञप्ति जारी गर्ने भएका हुन् ।




प्रतिक्रिया