काठमाडौँ,१४ चैत । जबरजस्ती करणी मुद्दामा फरार रहेका २ जना प्रतिवादीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने मुगु घर भएका ५२ वर्षीय कर्ण बहादुर मल्ल र झापा भद्रपुर नगरपालिका-८ बस्ने रामेछाप घर भएका ३१ वर्षीय अनुप श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई ललितपुर महानगरपालिका-१५ बाट र अनुपलाई झापा भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया