काठमाडौं, १४ चैत्र । नेपाली कम्युनिष्ट पार्टीले भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा बालेन सरकारले चालेको कदमप्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
ज नेकपाका केन्द्रीय कार्यालयको तर्फबाट गणेशमान पुनले एक विज्ञप्ति जारी गर्दै यसरी ध्यानाकार्षण गराएको हो । विज्ञप्तिमा भनिएको छ,‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्धन्द्ध सिर्जना हुने कार्य नहोस भन्ने आग्रह गर्दछ ।’




प्रतिक्रिया