काठमाडौं, चैत १५ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरुको दैनिक मापसे र लापसे जाँच गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले देशको स्वास्थ्यको लागि यो अनिवार्य रहेको बताएका छन्।
उनले लेखेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ।’ देशको स्वास्थ्यको लागि यो अनिवार्य रहेको बताउँदै उनले सांसदहरूको पनि चेक जाँच गर्न माग गरेका छन्।
त्यस्तै, उनले सत्य कुरा गर्दा जति गाली खान परे नि खान तयार रहेबो बताउँदै झुटो समाजलाई सत्यवादी समाज बनाएर सतीको श्राप मुक्त गर्न देश र जलेको सिंहदारबारका भित्तालाई पनि न्याय मिल्नु पर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया