जाँचबुझ आयोगको प्रतिवेदन प्रहरीमा पठाईयो, तत्काल कार्यान्वयन गर्न निर्देशन


काठमाडौं, १५ चैत्र । गृह मन्त्रालयले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रहरीलाई हस्तान्तरण गरेको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन कार्की नेतृत्वको आयोगले अनुसन्धान गरे झण्डै १ हजार पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

त्यही प्रतिवेदनको आधारमा सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । सो प्रतिवेदन गृह मन्त्रालयमार्फत आज कार्यान्वयनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाईएको छ ।

एसएसपी रमेश थापाले दिएको जानकारीअनुसार आजमात्रै प्रतिवेदन प्राप्त भएको छ । अब प्रतिवेदन द्रुत गतिमा कार्यान्वयनमा जानेछ । गृहमन्त्री सुधन गुरुङले प्रतिवेदन कार्यान्वयन गर्नकोलागि प्रहरी नेतृत्वलाई निर्देशन दिईसकेका छन् । उनले हिजोपनि साँझसम्म सिंहदरबारमा प्रहरी प्रमुख र सशस्त्र प्रहरी बलका प्रमुखसँग छलफल गरेका थिए ।