बालेन सरकारको निर्णयलाई लिएर अध्यक्ष ढकालले दिए धन्यवाद, ‘यो निर्णय हाम्रो लागि अत्यन्तै महत्वपूर्ण उपलब्धि हो’


काठमाडौं, १५ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति पारित गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् । उनले उक्त निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि भनेका छन् ।

सरकारको यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा आफूहरु विश्वस्त रहेको पनि ढकालको भनाई छ । उनले भनेका छन्–‘यसको प्रभावकारी कार्यान्वयनबाट व्यवसायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै लगानी वृद्धि, रोजगारी सृजना र समग्र आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेछ।’

उनले भनेका छन्–

सरकारले नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले लामो समयदेखि उठाउँदै आएको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति (PSPP) पारित गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्वपूर्ण उपलब्धि हो।
यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौँ।

यसको प्रभावकारी कार्यान्वयनले निजी क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्दै लगानीमैत्री वातावरण प्रवर्द्धन गर्न र उद्यमशीलतालाई थप ऊर्जा दिन महत्वपूर्ण भूमिका खेल्नेछ। यसको प्रभावकारी कार्यान्वयनबाट व्यवसायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै लगानी वृद्धि, रोजगारी सृजना र समग्र आर्थिक समृद्धिमा टेवा पुर्‍याउनेछ।