काठमाडौं, १५ चैत्र । हिजोमात्रै पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अदालतमा उपस्थिति गराउने भएको छ । उनी पक्राउ परेलगत्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनको मुटुको चाल बढेपछि उनलाई अस्पतालको भिआईपी कक्षमा राखेर उपचार गराईएको छ ।
प्रहरी स्रोतले जनाएअनुसार उनलाई अदालतमा भौतिक रुपमा नभई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । भदौ २३ र भदौ २४ गतेको घटना हुँदा ओली प्रधानमन्त्रीको जिम्मेवारीमा थिए । उनीविरुद्ध गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिश गरेको थियो । सोहीअनुसार सरकारले प्रहरीलाई निर्देशन दिएको थियो । ओली भक्तपुरको गुण्डुस्थित निवासबाट हिजो (शनिबार) विहान ६ बजे पक्राउ परेका थिए ।
उता, हिजो नै पक्राउ परेका तत्कालिन गृहमन्त्री रमेश लेखक भने अदालतमा उपस्थित् भइसकेका छन् । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पुर्याईएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासमा म्यादसम्बन्धी निवेदन पेश हुने भएको छ । Photo Source : Mahesh Basnet/Facebook




प्रतिक्रिया