जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौँ, १५ चैत । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।