ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सोमबार हुने


काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट रिट दायर भएको हो । आज दर्ता भएको रिटमाथि बहस भने भोलि (सोमबार) हुनेछ । प्रहरीले भने ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध १० दिन म्याद थपेर अनुसन्धान गर्न प्रस्ताव गरेको छ ।