नेकपाको दलको नेतामा प्रचण्ड चयन


काठमाडौं, १५ चैत्र । नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल चयन भएका छन् । आज (आइतबार) बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको सांसद रमेश मल्लले जानकारी दिए ।

रास्वपाले दलको नेतामा बालेन्द्र शाहलाई चयन गरेको थियो । उनी अहिले देशको प्रधानमन्त्रीको जिम्मेवारीमा छन् । उता, एमाले र कांग्रेसले भने अहिलेसम्म दलको नेता चयन गरेका छैनन् । राप्रपाले भने दलको नेतामा प्रत्यक्षमा निर्वाचित एकमात्र सांसद ज्ञानबहादुर शाहीलाई चयन गरेको छ ।