काठमाडौं, १५ चैत्र । हिजो पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ । लेखकलाई प्रहरीले हिजो विहान ६ बजे पक्राउ गरेको हो ।
भदौ २३ र भदो २४ गतेको जनेजी घटनामा जाँचबुझ आयोगले कारबाहीको लागि सिफारिश गरेपछि बालेन शाह नेतृत्वको सरकारले उनलाई पक्राउ गरेको हो । उनलाई आज म्याद थपको लागि अदालत उपस्थित् गराईएको थियो ।
प्रहरीले १० दिनको समय मागेको छ । यो रिटमा भोलि सुनुवाई हुने तय भएको छ । एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीपनि पक्राउ परेका छन् । उनकी पत्नी राधिका शाक्यले पनि थुनामुक्त माग गरेर बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन् । उनको पनि रिटमा भोलि सुनुवाई हुने भएको हो ।




प्रतिक्रिया