प्रहरीको लाठीले सांसद साजिदा सिद्वि घाइते


काठमाडौं, चैत १६ । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जना एमाले संसाद घाइते भएकी छन् । आइतबार काठमाडौंको माइतीघरमण्डलामा भएको एमालेको प्रदर्शनमा प्रहरीको लाठीबाट प्रतिनिधि सभाकी सांसद साजिदा सिद्वि घाइते भएकी हुन् ।

उनले फेसबुकमा भिडिओ सन्देश जारी गर्दै माइतीघर मण्डलामा प्रहरीको लाठी चार्जबाट आफू घाइते भएको जानकारी गराएकी छन् । ‘विरोध प्रदर्शनमा एकजना महिलाको पेटमा प्रहरीले लाठी हान्यो,’ उनले भनेकी छन्, ‘छेक्न खोज्दा मेरो हातमा गहिरो चोट लाग्यो ।’ प्राथमिक उपचारपछि सिद्दिकी अहिले निवासमा आराम गरिरहेकी छन् ।