काठमाडौं, १६ चैत्र । सर्वोच्च अदालतले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न अस्विकार गरेको छ । लेखककी पत्नी यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै रिहा गर्न अस्वीकार गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सो निवेदनमाथि सुनुवाई भएको थियो । न्यायाधीश रेग्मीले कारण देखाउ आदेश दिँदै रिहा गर्न अस्वीकार गरेका हुन् ।





प्रतिक्रिया