काठमाडौं, १६ चैत्र । नेकपा (एमाले) का युवा नेता तथा इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले इलामको कृषि तथा पर्यटनको विकासका सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग कुरा राखेका छन् । प्रधानमन्त्री शाहले आज कोशीका सांसदहरुसँग सामूहिक छलफल गरेका थिए । सो छलफलमा सांसद नेम्वाङले इलामको कृषि र पर्यटन क्षेत्रको विकासबारे ब्रिफिङ गरेका हुन् ।
उनले इलामको कृषि र पर्यटनको उचित व्यवस्थापनले देशकै अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउन सक्ने सम्भावना सुनााएका थिए । यस्तै, उनले बीउदेखि बजारसम्मको कुरामा सरकारले अभिभावकीय भूमिका निभाउनुपर्ने पनि बताएका थिए । नेम्वाङले पूर्वाधार विकास, विपद् व्यवस्थापन, शिक्षा र प्रविधि क्षेत्रमा देखिएका चुनौतीहरूबारे जानकारी गराए ।
त्यसैगरी दमक–चिसापानी सडकखण्डको ठेक्का विवाद र बेलासे सडकखण्डको अवस्थाबारे समेत प्रधानमन्त्रीलाई विवरण दिएका छन्। यसअघि विपद्को बेलामा संकटग्रस्त क्षेत्र घोषणा भएको स्मरण गराउँदै सांसद नेम्वाङले हालको अवस्थाबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।




प्रतिक्रिया