काठमाडौं, १६ चैत्र । सर्वोच्च अदालतले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोड्न अस्व्किार गरेको छ। ओलीकी पत्नी राधिका शाक्यले थुनामुक्त गर्न दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश मात्रै जारी गरेको हो ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । हिजो जिल्ला अदालतले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । ओलीलाई स्वास्थ्यको कारण यतिवेला त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । अदालतले उनको स्वास्थ्यको राम्रो उपचार गर्नु पनि भनेको छ ।
Photo Source: Mahesh Basnet/Facebook




प्रतिक्रिया