संविधान संशोधनको लागि कार्यदल गठन, संयोजकमा प्रधानमन्त्रीका सल्लाहकार शाह


काठमाडौं, १६ चैत्र । सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार अशिम साहको नेतृत्वमा संसदमा रहेका सबै दलको प्रतिनिधित्व रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपाको वाचापत्रअनुरूप संवधान संशोधनका लागि बहस पत्र तयार गर्न लागिएको जानकारी दिए ।