काठमाडौं, चैत १७ । आज बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरमा राखिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएर परिसर लगेको हो । अब सरकारी वकिलको कार्यालय र अदालत खुलेपछि जिल्ला अदालतबाट म्याद थप गरी उनी माथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको छ ।




प्रतिक्रिया