काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) को सचिवालय बैठक केहीबेरमा बस्दैछ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको दिन सचिवालय बैठक बसेर विरोधको कार्यक्रम सार्वजनिक गरेको एमाले सोहीअनुसार सडकमा पनि उत्रिएको थियो । तर, आन्दोलन प्रभावकारी नभएको गुनासो आउन थालेपछि आज सचिवालयको अर्को बैठक बसेको हो ।
बैठक अहिले विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ । यस्तै, यही चैत्र १९ गतेबाट सुरु हुने संसद्को बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुने जनाईएको छ । एमालेका पदाधिकारीले आन्दोलनको समिक्षा र अब बस्ने सदनमा पनि प्रस्तुत हुने विषयमा रणनीति बनाउने बुझिएको छ ।
अदालतले ओलीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ओलीकी पत्नी राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेपनि थुनामुक्त गर्न अस्वीकार गरेको छ ।




प्रतिक्रिया