ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?


काठमाडौं, चैत १७ । नेपाली बजारमा आज सुनको मूल्य झन्डै सात हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका छापावाल अघिल्लो दिनको तुलनामा तोलामा ६ हजार ७०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ। हिजो प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले बढेर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।