ऊर्जा मन्त्रालयमा आजदेखि प्लास्टिक प्रतिबन्ध


काठमाडौं, चैत १७ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको छ । मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यका आजदेखि सो निर्णय कार्यान्वयनमा ल्याएको हो।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्दै वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको मन्त्रालयले जनाएको छ। यो निर्णयले सम्पूर्ण सरकारी निकाय र सरोकारवालालाई सकारात्मक सन्देश दिने विश्वास लिइएको छ।