काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सडक संघर्ष र कानूनी लडाईं लडिरहेको एमलेले आज दोस्रोपटक सचिवालय बैठक राखेको हो । यसअघि अध्यक्ष ओली पक्राउ परेकै दिन सचिवालय बैठक राखिएको थियो ।
पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा गरिने र अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गरिने बताईएको छ । एमालेले अध्यक्ष ओलीमाथि वर्तमान सरकारले प्रतिशोध साँधेको निश्कर्ष निकालेको छ ।
यसको विरोधमा सडक आन्दोलन र कानूनी लडाईं लड्ने निर्णय गरेको एमालेले आजबाट दोस्रो चरणका संघर्षका कार्यक्रम तय गर्ने बताईएको छ । अध्यक्ष ओलीलाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, उनको स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।




प्रतिक्रिया