अवैध लागूऔषधसहित ९ जना पक्राउ


झापा, १७ चैत । भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बसपार्क बस्ने २६ वर्षीय स्माईल कार्कीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम र नगद ६ हजार ७ सय ५० रूपैयाँ सहित सोही नगरपालिका-७ नमुनाटोल बस्ने २९ वर्षीय देवु शर्मा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१० नितनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय १० मिलिग्राम सहित वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने २५ वर्षीय अनिल साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा समेतबाट खटिएको प्रहरीले वीरगंजबाट सिमरातर्फ आउँदै गरेको ईलेक्ट्रिक स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-२ ढापटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारनग १ एम्पुल र बुप्रेनोर्फिन १ एम्पुल सहित गोरखा, गोरखा नगरपालिका-१० बाह्र किलो बस्ने २७ वर्षीय आमोस तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध आँबुखैरेनी गाउँपालिका-२ बगुवा बस्ने ३० वर्षीय प्रितम थापाबाट खरिद गरी ल्याएको भन्ने खुल्न आएपश्चात प्रितमको घर तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ट्याब्लेट, डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पर्सा, वीरगंज महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, बुप्रेनोर्फिन २ सय एम्पुल र प्रोमेथाजाइन २ सय एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका भारत मोतिहारी रक्सौल बस्ने २३ वर्षीया नेहा देबी ठाकुर र सोही महानगरपालिका-४ बस्ने ३२ वर्षीय केवल गोसाई रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले मितेरीपुलबाट घण्टाघरतर्फ जाँदै गरेको बि.म.न.पा.१ ह ८३८ नम्बरको ई-रिक्सामा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २२ वर्षीय हरि बुढालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।