काठमाडौं, १७ चैत्र । कास्की लिची बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगन् भएको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भएपनि पूर्वमन्त्री गुप्ताका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित गरेका हुन् ।
यो प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोउपर गुप्ता सर्वोच्च अदालतमा पुगेका हुन् ।




प्रतिक्रिया