काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार मोहन बुढाथोकीलाई सम्मान गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा सो पुरस्कारबाट पत्रकार बुढाथोकीलाई सम्मान गरेको हो ।
२५ हजार नगद राशि रहेको पुरस्कार क्लबका सभापति ऋषि धमला, नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईं, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलगायतको हातबाट प्रदान गरिएको हो । विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका बुढाथोकीले समसामयिक राजनीति विषय र सुशासनको पक्षमा दरिलो कलम चलाउँदै आएका छन् ।




प्रतिक्रिया