आज सर्वदलीय बैठक बस्दै


काठमाडौं, चैत १८ । आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयको आह्वानमा दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने भएको हो ।

फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो । सरकारले भोली दिउँसो बस्नेगरी प्रतिनिधिसभा बैठक बोलाएको छ ।