काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा हिजो सुरु भएको काङ्ग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक आज पनि जारी रहने भएको हो । धुम्बाराहीको होटल स्मार्टमा जारी बैठकमा निर्वाचन र पार्टीले प्राप्त गरेको मत परिणाम, १५औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ ।
पहिलो दिनमा ८३ जना केन्द्रीय सदस्यको सहभागिता रहेको बैठकमा हिजो १५ जनाले आफ्नो धारणा राखेका थिए । आजको बैठक पनि बाँकी नेताहरुले आआफ्नो धारणा राख्नेछन् । देउवापक्षले समानान्तर गतिविधि बढाएपछि कारबाहीबारे निर्णय गर्न आज अनुशासन समितिको बैठक बस्दैछ ।




प्रतिक्रिया