सङ्घीय संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै


काठमाडौँ, १८ चैत । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले दिउँसो १ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ बजे संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ बजे हुँदैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलको सहभागिता छ ।