काठमाडौं, १८ चैत। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोक्ष प्रसाद पंगेनीको कार्यकाल समाप्त भएसँगै नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको हो।
संस्थाका अनुसार पंगेनीको पदावधि २०८२ चैत १८ गतेदेखि सकिने भएपछि त्यसअघिको दिन बसेको सञ्चालक समितिको २४४औं बैठकले अन्तरिम व्यवस्था गर्ने निर्णय गरेको हो।
सो निर्णयअनुसार नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत प्रमेश आचार्यलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।आचार्यलाई २०८२ चैत १९ गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरिएको संस्थाले जनाएको छ।
नयाँ व्यवस्था नहुन्जेलसम्म उनले संस्थाको नेतृत्व सम्हाल्नेछन्।यससम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराइएको छ। साथै नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत सूचित गरिएको संस्थाले जनाएको छ।




प्रतिक्रिया