आज उच्चस्तरीय छलफल गर्दै अर्थमन्त्री वाग्ले, गृहमन्त्रीसहित उच्च अधिकारी उपस्थिति रहने


काठमाडौं, चैत १९। अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा आज उच्चस्तरीय छलफल गर्दैछ। राजश्व छली, चोरी पैठारी नियन्त्रण तथा कानुन कार्यान्वयनलाई थप सुदृढ बनाउने लगायतका विषयबारे हुने छलफलमा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न निकायका उच्च अधिकारीहरूको सहभागिता रहने अर्थ मन्त्रालयले जनाएको छ ।

अहिले बिहान ११ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा राजश्व प्रशासनसँग सम्बन्धित सचिवहरू, साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू सहभागी हुनेछन् । बैठकमा अर्थ राजश्व प्रशासनसँग सम्बन्धित महाशाखा र विभागका प्रमुखहरूको पनि उपस्थिति रहनेछ ।