काठमाडौं, चैत १९ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले विभेद र प्रतिशोधको राजनीतिले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु लामो नहुने चेतावनी दिएका छन् ।
रेष्लर भगवती खड्कालाई एक विवादित महिलाको उजुरीका आधारमा साइबर अपराध मुद्दाअन्तर्गत पक्राउ गरेर तीन दिनदेखि हिरासतमा राखिएकोप्रति आपत्ति जनाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । उनले भगवतीको गिरफ्तारीमा गृहमन्त्री सुदन गुरुङको समेत दबाब रहेको दाबी गरेका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘एकजना बिबादित महिलाको उजुरीका आधारमा, उसको स्टाटसमा सामान्य कमेन्टमार्फत व्यक्त गरिएको असहमतिलाई लिएर रेष्लर भगवती खड्कालाई प्रहरीले साइबर क्राइम अन्तर्गत पक्राउ गरेको आज तिन दिन भएकोछ। भगवतीजीको गिरफ्तारीमा गृहमन्त्री सुदन गुरुङ को समेत दबाब रहेको भनिएको छ। त्यसैगरी, केपी शर्मा ओली को गिरफ्तारीको विरोधमा बोलेको कारण अ्इशा पराजुली नामकी बहिनीमाथि गालीगलौज र अश्लील ढंगले साइबर बुलिङ गरिएको छ। उक्त घटनामा संलग्न अधिकांश रा स्व पाका कार्यकर्ताविरुद्ध उनले साइबर मुद्दा दर्ता गरेकी भए पनि प्रक्रिया ढिलासुस्ती भइरहेको छ र हालसम्म पक्राउ पुर्जी जारी गरिएको छैन। यसरी विभेदपूर्ण र प्रतिशोधी भावनाबाट अघि बढिरहेको बालेन शाह नेतृत्वको सरकारको आयु लामो नहुने स्पष्ट देखिन्छ। यस्तो विषयमा सभ्य समाज र आम जनताले समयमै आवाज उठाउन जरुरी छ।’




प्रतिक्रिया