नेपाली कांग्रेसको संस्थापनइतर समूहले आजका लागि बोलाएको जिल्ला सभापतिहरूको भेला अन्तिम समयमा आएर स्थगित भएको छ । विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए । बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् ।
अव जिल्ला सभापतिहरूलाई प्रदेशअनुसार छलफलमा बोलाउने तयारी रहेको जनाइएपनि सर्वोच्च अदालतमा पार्टीको आधिकारितासम्बन्धी मुद्दाको पेसीलाई ध्यानमा राख्दै आजको भेला स्थगित गरिएको बताइएको छ। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको नेतृत्व पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । भेलामा नेता शेखर कोइराला समूह मिलेर भेला आयोजना गरेको थियो ।




प्रतिक्रिया