धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग


काठमाडौं, १९ चैत । । नेपाल धितोपत्र बोर्डमा विभिन्न पाँच कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । आवेदन दिने कम्पनीहरूमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड, सभापोखरी हाइड्रोपावर लिमिटेड, नेशनल वायोटेक लिमिटेड, इष्टर्न साहारा कम्पनी लिमिटेड र पशुपति रिन्यूएबल्स लिमिटेड रहेका छन् ।

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न चैत १६ गते आवेदन दिएको हो। कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

त्यस्तै, नेशनल वायोटेक लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।सभापोखरी हाइड्रोपावर लिमिटेडले १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न प्रस्ताव गरेको छ। यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यस्तै, पशुपति रिन्यूएबल्स लिमिटेडले १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ, जसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इष्टर्न साहारा कम्पनी लिमिटेडले २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।यी सबै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन प्रस्ताव गरेका छन्। धितोपत्र बोर्डले आवश्यक अध्ययनपछि स्वीकृति दिने प्रक्रिया अघि बढाउने जनाएको छ।