काठमाडौं, १९ चैत । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ ।
कम्पनीले चैत १८ गते २ लाख १० हजार कित्ता शेयर २१ हजार जना आवेदकहरूलाई बाँडफाँड गरेको जनाएको छ।कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत बराबरको २१ लाख कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको थियो ।
उक्त शेयर चैत ८ गतेदेखि चैत ११ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।प्राप्त आवेदनमध्ये योग्य आवेदकहरूलाई धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार समानुपातिक आधारमा शेयर वितरण गरिएको कम्पनीले जनाएको छ।
बाँडफाँडको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरोशेयर प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।यसैगरी, आईपीओ नपरेका आवेदकहरूको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फुकुवा गरिने जानकारी दिइएको छ।
कम्पनीले निष्कासन प्रक्रियामा सहयोग गर्ने सम्पूर्ण आवेदक, बैंक तथा नियामक निकायप्रति आभार व्यक्त गरेको छ।अब कम्पनीले बाँकी सर्वसाधारणतर्फको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ।




प्रतिक्रिया