काठमाडौं, १९ चैत । जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् ।
काठमाडौ मनमैजुस्थित सुकुमायाले संचालन गरेको अशोक खाजाघर र प्रमोदले संचालन गरेको मञ्जुश्री खाजाघरमा पीडितलाई प्रलोभनमा पार्नुका साथै डर त्रास देखाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया