मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ


काठमाडौं, १९ चैत । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई दुबाइको उडानद्वारा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको समन्वयमा पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा शिव बहादुरले ह्वाट्सएपमा फोन तथा म्यासेज गरी पीडितलाई आर्थिक प्रलोभनमा पारी २०८१ असोज महिना देखि विभिन्न माध्यमबाट ग्राहकहरू खोजी ग्राहकहरूले भने वमोजिमको होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ । 

उनी उपर मानव बेचबिखनतथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।